coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानका उपकुलपतिलाई पनि कोरोना संक्रमण

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई पनि कोरोना संक्रमण भएको छ।उपकुलपति डा.गिरी स्वयमले पिसिआर रिपोर्ट हिजो(सोमबार) राती पोजेटिभ आएको सार्वजनिक गरेका हुन्। उनले हिजो राती नै प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका थिए।

उनले सम्पुर्ण सुरक्षा उपायहरु अपनाइरहेको र दुई हप्ताको अन्तरालमा नियमित परिक्षण गर्दै गर्दै पनि कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन्। उपकुलपति गिरीलाई संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन्। उनलाई लक्षण पछि देखिएको छैन।

प्रतिष्ठानको नीति निर्माण तथा दैनिक कार्यालयको काममा ब्यस्त रहदा आफुलाई संक्रमण भएको डा.गिरीको भनाई छ। उनले आफुसंग सम्पर्कमा आएका सबैलई पिसिआर परीक्षण गरेर सजगता अपनाउनु पनि अनुरोध गरेका छन्।

उपकुलपति डा.गिरीले होम आइसोलेसनबाट नै प्रतिष्ठानका दैनिक कार्यहरु सञ्चालन गर्ने बताएका छन् भने तत्काल आइपर्ने समस्याहरु सचिवालयमार्फत समन्वयमा गर्ने पनि प्रष्ट पारेका छन्। पछिल्लो समय प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरु कोरोना संक्रमणको चपेटामा परिरहेका छन्। 

प्रकाशित: ३० भाद्र २०७७ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App