७ वैशाख २०८१ शुक्रबार
समाज

बौद्ध विश्वविद्यालयले यसरी सुरु गर्‍यो परीक्षा

कोरोना महामारीका कारण विश्वविद्यालयको परीक्षा रोकिएको बेला लुम्बिनी बौद्ध विश्वविद्यालयले भने भौतीक दुरी कायम गरेर परीक्षा शुरु गरेको छ। तीन पटकसम्म स्थगित भएको परीक्षा शुरु भएपछि विद्यार्थी भने उत्साही भएका छन्। स्वास्थ्य सावधानी अपनाएर आईतबारबाट विश्वविद्यालयले परीक्षा शुरु गरेको हो।  

विश्वविद्यालयले स्नातकोत्तर तह र स्नातक तहको परीक्षा शुरु गरेको छ। विद्यार्थीलाई पायक पर्ने स्थानमै केन्द्र तोकेर परीक्षा शुरु गरेको विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले बताए। विद्यार्थीको सेमेष्टर नोक्सान हुन नदिन विश्वविद्यालयले नमुना शैलीमा परीक्षा सञ्चालन गरिएको हो। विद्यार्थीको घर पायकमा परीक्षा केन्द्र तोक्ने क्रममा एक जना हुम्लाका विद्यार्थीका लागि समेत उतै केन्द्र तोकिएको छ। अन्य विश्वविद्यालयको परीक्षा सञ्चालन गर्ने सवालमा अन्यौल भइरहेको बेला चुनौतीका बिच शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन परीक्षा शुरु गरिएको रजिष्टार आचार्यले बताए।  

लुम्बिनी, काठमाडौं, कपिलवस्तु, नवलपरासी, बुटवल, अर्घाखाँची र हुम्लामा परीक्षा केन्द्र तोकिएको छ। स्नातकोत्तर तहमा भने अनलाईनमार्फत परीक्षा लिइएको हो। स्नातक तहका विद्यार्थीहरुले परीक्षा केन्द्रमै उपस्थित भएर परीक्षा दिएका छन्। हुम्लाका विद्यार्थी खड्क जैसीले मानसरोवर बहुमुखी क्याम्पसको केन्द्रबाट परीक्षा दिए। परीक्षा केन्द्राध्यक्ष बसन्त रोकायले एकै समया परीक्षा भएको बताए। हुम्लामा प्रश्नपत्र इमेलमार्फत पठाइएको थियो। उत्तरपुस्तिका समेत इमेलबाटै विश्वविद्यालयमा आएको छ।

स्नातक तहमा कानून, बुद्धिज्म, भोट विषयमा परीक्षा शुरु भएको हो। स्नातकोत्तर तहमा म्युजोलोजी, आर्कोलोजी विषयको परीक्षा शुरु भएको छ। कानूनतर्फ मात्रै पहिलो समेष्टरका ८५ जना विद्यार्थी परीक्षामा सहभागि भएका छन्।  

भदौं २८ बाट शुरु भएको परीक्ष असोज पहिलो सातासम्म चल्नेछ। बौद्ध विश्वविद्यालयले विए पहिलो सेमेष्टर, स्नातकोत्तर आर्कोजोलीको पहिलो समेष्टर, म्युजियोलोजीको पहिलो र तेस्रो, विएएलएलबीको पहिलो, विए भोट बुद्धिष्टको पहिलो समेष्टरको परीक्षा शुरु गरेको हो  

विश्वविद्यालयले बुटवलमै चार स्थानमा केन्द्र तोकेको छ। प्रत्येक कक्षा कोठामा १५ जनाभन्दा कम विद्यार्थी राखिएको छ। दुई मिटरको दुरीमा रहेर विद्यार्थीले परीक्षा दिएका छन्। परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र निरीक्षकबाहेकलाई प्रवेश दिइएको छैन। परीक्षापछि कक्षा कोठा निर्मलीकरण गरिएको छ। परीक्षा केन्द्र तोकिएको बुटवलको नबिन औद्योगिक कदरबहादुर माविका प्राध्यानाध्यापक प्रेम बस्नेतले बौद्ध विश्वविद्यालयको परीक्षाशैली अनुकरणीय भएको बताए।  

 

 

प्रकाशित: २९ भाद्र २०७७ १३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App