७ वैशाख २०८१ शुक्रबार
समाज

काठमाडौं उपत्यकामा थपिए ५१२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जना संक्रमित थपिएका छन्। 

यस्तै देशभर ११ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ८ सय ७९ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यो सँगै कोरोना मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ। यस्तै कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ रहेको छ। सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ। पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३६० पुगेको छ।

 

प्रकाशित: २९ भाद्र २०७७ ११:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App