८ वैशाख २०८१ शनिबार
समाज

प्राधिकरणमा कुलमानको पुनर्नियुक्ति हुने कुरामा विश्वस्त छुः नारायणकाजी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः नियुक्ति हुनेमा विश्वस्त भएको बताएका छन्। उनले उर्जा क्षेत्रमा पुर्याएका्े योगदान नेपाली जनताले कहिल्र्य नबिर्सने उल्लेख गर्दै घिसिङको योगदान अझै. आवश्यक रहेको बताए। 

यो पनि पढ्नुहोस्

दीपकराज गिरीको अपीलः कुलमानको पुनर्नियुक्तिका लागि साँझ पाँच मिनेट बत्ती बन्द गरौं

 

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘ बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु।’

 

यो पनि पढ्नुहोस्

पदले होइन कामले रच्छ इतिहास

 

घिसिङको चारवर्षे कार्यकाल आइतबारदेखि सकिएसँगै सरकारले गर्ने आगामी नियुक्ति चर्चाको विषय बनेको छ। मन्त्रिपरिषद्को सोमबार बस्ने बैठकले नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने चर्चा चले पनि टुंगो लाग्न सकेको छैन।

प्रकाशित: २९ भाद्र २०७७ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App