८ वैशाख २०८१ शनिबार
समाज

बैतडीमा ४ हजार जनाको पिसिआर परीक्षण

बैतडीमा ४ हजार २८ जनाको पिसिआर परीक्षण गरिएको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार हालसम्म ४ हजार २८ जनाको पिसिआर परीक्षण गरिएको हो। सबैभन्दा बढी पाटन नगरपालिकाका ७ सय १ जनाको परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिए। 

पुर्चौडी नगरपालिकाका ५ सय ५०, जिल्ला अस्पतालबाट ४ सय ४४, पञ्चेश्वर गाउँपालिकाका ३ सय ९८, दोगडाकेदार गाउँपालिकाका ३ सय ३६, मेलौली नगरपालिकाका ३ सय २३, सिगास गाउँपालिकाका २ सय ९६, दशरथचन्द नगरपालिकाका २ सय ७७, शिवनाथ गाउँपालिकाका २ सय ६५, सुर्नया गाउँपालिकाका २ सय ३० र डिलासैनी गाउँपालिकाका २ सय ८ जनाको कोरोना पिसिआर परीक्षण गरिएको हो।

पिसिआर परीक्षण गरिएका अधिंकास भारतबाट फर्किएका रहेका कोभिड–१९ सम्पर्क व्यक्ती जोशीले बताए। ‘धेरैजसोको आरडिटी परिक्षण गरेका हौं, आरडिटी पोजेटिभ देखिएकाको पिसिआर परिक्षण गर्यौं,’ उनले भने।्

तीमध्ये जिल्लाभर हालसम्म ३ सय ७५ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये हाल १ जना पाटनका मात्रै सक्रिय संक्रमित रहेका छन्। अन्य ३ सय ७४ जना भने डिस्चार्ज भइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ। यस्तै जिल्लाका १०१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ।

 

प्रकाशित: २९ भाद्र २०७७ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App