coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश २ मा ३८ संक्रमित थपिए, ५३ डिस्चार्ज

आइतबार प्रदेश नंं. २ मा थपिएका कोरोना संक्रमितभन्दा झण्डै दोब्बर संक्रमित निको भएर घर फर्केका छन्। यस प्रदेशमा ३८ जना संक्रमित थपिएका छन् भने ५३ जना निको भएर डिस्चार्ज भएका छन्।

समाजिक विकास मन्त्रालयका अनुसार  आइतबार सिरहामा २ जना, धनुषामा ८, महोत्तरीमा १, सर्लाहीमा २१, बारामा ३, पर्सामा २ जना कोरोना संक्रमित थपिएका छन्।

पर्सामा दुई हजार चार सय ४, बारामा एक हजार २९, रौतहटमा एक हजार सात सय ६२, सर्लाहीमा एक हजार आठ सय ३६, महोत्तरीमा एक हजार तीन सय ९०, धनुषामा एक हजार अठ सय ४७, सिरहामा छ सय १४ र सप्तरीमा नौ सय ९४ जना संक्रमित पुगेको छ। यस प्रदेशमा सक्रिय संक्रमितको संख्या पाँच हजार चार सय १० जना छन। अहिलेसम्म छ हजार तीन सय ६४ जना निको भएर घर फर्किसकेका छन।

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ३ तपनपुर गाउँका ६० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै महोत्तरीमा मृतकको संख्या १३ पुगेको छ। यसैगरी, प्रदेशमा मृतकको संख्या एक सय ९ पुगेको छ। सिरहामा ८, सप्तरीमा १०, धनुषामा १३, महोत्तरीमा १३, सर्लाहीमा ४, रौतहटमा ५, बारामा १६, पर्सामा ३९ र भारतीय नागरिक १ छन्।

प्रकाशित: २८ भाद्र २०७७ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App