८ वैशाख २०८१ शनिबार
समाज

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना भाइरस पुष्टि भएपछि कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अत्यावश्यक बाहेकका सेवा पाँच दिनका लागि बन्द गर्ने महानगरपालिकाले जनाएको छ।  

महानगरपालिकाका मेयर भीम पराजुलीले भने, ‘अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने छ र पोखरेलको सम्पर्कमा रहेकालाई पिसिआर परीक्षण गर्दै सुरक्षित राख्ने छौं।’  

पोखरेललाई कोरोना देखिएपछि महानगरका अधिकांश कर्मचारी ‘होम क्वारेन्टिन’मा बसेका छन्।  

शनिबार स्वाब दिएका प्रमुख प्रशासकीय अधिकृत पोखरेलको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो। विराटनगर–५ का वडाध्यक्ष मीनकुमार आचार्य र २ नम्बरका वडाध्यक्ष कुमार पोखरेलमा यसअघि कोरोना पुष्टि भइसकेको छ।  

विराटनगर महानगरभित्र १ हजार ३ सय ६४ जनालाई संक्रमण पुष्टि भइसकेको छ भने ३ सय ५० जना डिस्चार्ज भएका छन्। कोरोनका कारण १७ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित: २८ भाद्र २०७७ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App