coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा एक जना कोरोना संक्रमित थपिए

खोटाङमा एक जना कोरोना संक्रमित थपिएका छन्। साकेला गाउँपालिका–५ मात्तिमका एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंबाट गत भदौ १५ गते घर आएका पुरुषलाई कोरोना संक्रमण भएको पुष्टि भएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए। स्वदेशका विभिन्न स्थान तथा विदेशबाट आएपछि होम क्वारेन्टिनमा बसिरहेका ३० जनाको पीसीआर परीक्षणका लागि बिराटनगर पठाइएकामा आईतबार एक जनाको पोजिटिभ रिपोर्ट आएको हो। उनीहरुको भदौ २५ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणमा पठाइएको थियो। संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा पठाउने तयारी गरिएको छ। यससँगै जिल्लाबाट पीसीआर परीक्षणमा पठाइएकामध्ये कोरोना संक्रमितको संख्या २१ पुगेको छ। संक्रमितमध्ये १९ जना कोरोना जितेर घर फर्किसकेका छन्। एक जना संक्रमित प्रहरी जवान हाल आइसोलेसनमै राखिएका छन्। पुःन परिक्षण गर्दा पनि प्रहरी जवानलाई कोरोना पोजिटिभ देखिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए।  

वडा शिल  

कोरोना संक्रमित फेला परेपछि साकेला गाउँपालिका–५ मात्तिमलाई शिल गरिएको छ। होम क्वारेन्टिनमा बसिरहेका पुरुषलाई कोरोना पोजिटिभ देखिएपछि आइतबारदेखि असोज ३ गतेसम्मका लागि वडालाई शिल गरिएको हो। घर परिवार, छिमेकी, टोल, वडादेखि गाउँपालिकालाई कोरोना संक्रमणबाट बचाउनका लागि हप्ता दिनका लागि वडा शिल गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए। सो अवधिमा मात्तिमको मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा सबै किसिमका थोक÷साना पशल समेत बन्द गरिएको छ। यस्तै, हप्ता दिनका लागि गाउँपालिकाको अतिआवश्यक बाहेका सेवा समेत बन्द गरिएको छ। साकेला गाउँपालिकामा रहेको एसबिआई बैंक भने दैनिक बिहान १० बजेदेखि १ बजेसम्म खुलाउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष खड्काले बताए।  

प्रकाशित: २८ भाद्र २०७७ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App