७ वैशाख २०८१ शुक्रबार
समाज

डा. भट्टराई भन्छन् : भाटभटेनीको भीडमा कोरोना नलाग्ने, फुटपाथ पसलमा लाग्ने!

कोरोना नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष ‘फुटपाथ र ठेलागाडा व्यापार’ मा पूर्ण प्रतिबन्ध लगाउन गरेको मागप्रति पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विरोध जनाएका छन्।  

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले कोरोनाले धनी र गरिब नभन्ने उल्लेख गर्दै ‘भाटभटेनीको भीडभाडमा कोरोना नलाग्ने तर फुटपाथ र ठेला पसलमा लाग्ने भन्ने हुँदैन’ भनेर टिप्पणी गरेका हुन् ।  

‘अनौपचारिक व्यवसाय (फुटपाथ पसल र ठेला व्यापार) हाम्रोजस्तो प्रारम्भिक सहरीकरण र औद्योगीकरण भइरहेको समाजका लागि अभिन्न अंग हुन्। कोरोनाले धनी र गरीब भन्दैन,’ डा. भट्टराईले ट्विट गरेका छन्, ‘भाटभटेनीको भीडभाडमा कोरोना नलाग्ने तर फुटपाथ र ठेला पसलमा लाग्ने भन्ने हुँदैन। यिनलाई हटाउने हैन, व्यवस्थापन गर्ने र क्रमश: अन्य व्यवसायमा रूपान्तरण गर्दै जाने हो।’

सबैतिर मास्क लगाउने, व्यक्ति–व्यक्तिबीच २ मिटरको दूरी कायम गर्ने तथा बेलाबेला साबुनपानीले हात धुने गरेर कोरोनासँगै बाँच्न सिक्नपर्ने सुझाव पनि उनले दिएका छन्।  

प्रकाशित: २७ भाद्र २०७७ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App