७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश २ः ४८ संक्रमित थपिए,२२ डिस्चार्ज

शुक्रबार प्रदेश २ मा ४८ जना संक्रमित थपिएका छन् भने २२ जना निको भएर घर फर्केका छन्। योसँगै यस प्रदेशमा संक्रमितको संख्या ११ हजार ७ सय १३ पुगेको छ। निको भएर घर फर्किने ६ हजार २ सय ६९ छन्।

सामाजिक विकास मन्त्रालयकाअनुसार शुक्रबार सबै भन्दा बढी सिरहामा २२ जना संक्रमित थपिएका छन्। जसमध्ये १९ जना सिरहा कारागारका छन् भने तीन जना लहान नगरपालिकाका छन्। सप्तरीमा ६ जना, पर्सामा १, बारामा १, रौतहटमा ६, सर्लाहीमा ५ जना कोरोना संक्रमित थपिएका छन्।  

शुक्रबार महोत्तरी बथनाहा टोल घर भई जनकपुर उप महानगरपालिकामा बस्दै आएका ६५ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै प्रदेश २ मा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ८ पुगेको छ।

प्रकाशित: २६ भाद्र २०७७ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App