coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोल्पामा भारतबाट आएका दुई जनामा देखियाे कोरोना

अस्थायी आइसोलेसन केन्द्र ।

एक सातासम्म कोरोना संक्रमण शुन्य रहेको रोल्पामा बिहीबार दुई जनामा संक्रमण पुष्टि भएको छ। रोल्पा नगरपालिका ३ खुमेलका एक पुरुषमा र एक महिलामा संक्रमण देखिएको हो। 

भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बसिरहेका थिए। रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिका अनुसार २१ जनाको स्वाब परीक्षण गरिएकोमा २ जनामा मात्र संक्रमण देखिएको हो।  

कोरोना संक्रमण पुष्टि भएका दुबै जनालाई सदरमुकामस्थित अस्थायी आइसोलेसन केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। रोल्पास्थित आइसोलेसन केन्द्रका अनुसार दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

योसंगै रोल्पामा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ।

प्रकाशित: २६ भाद्र २०७७ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App