coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लुटपाट गर्ने व्यक्ति पक्राउ

पक्राउ परेका ब्यक्ति ।

बिहीबार दिउँसो पूर्वी रोल्पाको सुनिलस्मृती गाउँपालिका ३ रुईनिबाङमा रहेको आईएमईबाट रकम झिकेर घर जादै गरेकी महिलाको पैसा लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। लुंग्री गा.पा.२ सिर्पकी ४० वर्षीया तिरमा पुनको श्रीमानले साउदीबाट पठाएको एक लाख १८ हजार रुपैयाँ झिकेर झोलामा राखि पसलतिर गई सामान किनिराखेको अवस्थामा ब्यागबाट पैसा लुटीएपछि प्रहरीमा उजुरी परेको थियो।

रकम चोरी गरि फरार भएका भनिएका लुंग्री गाउँपालिका ५ बुझिङका १८ वर्षीय शिवे रोका क्षेत्रीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट नगद एक लाख १८ हजार ६ सय ५० रुपैयाँ फेला परेकाले आवश्यक अनुसन्धान भईरहेको रोल्पा प्रहरी प्रबक्ता संकर खड्काले बताए। उनका अनुसार आईएमईको फुटेजको माध्यमबाट महिलाको पिछा गर्ने ब्यक्तिको पहिचान गरी खोज तलास गर्दै जादा सुलिचौर बजारबाट रोकालाई पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार अहिले अनुसन्धान भईरहेको छ ।

प्रकाशित: २६ भाद्र २०७७ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App