coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छुरा प्रहारबाट रौतहटमा एक पुरुष गम्भीर

रौतहटको राजपुर नगरपालिका वडा नम्बर २ फतुवा महेशपुर गाउँमा एक जना पुरुषमाथि शुक्रबार बिहानै छुरा प्रहार भएको छ। रौतहटमा एक पुरुषलाई अन्धाधुन्ध छुरा प्रहार गरी शुक्रबार बिहानै हत्याको प्रयास भएको छ। एकाबिहान आफ्नो खेत हेर्न सरेहतिर गएका ५४ वर्षीय सुरज मुखियामाथि करिब साढे पाँच बजे अपरिचित व्यक्तिले छुरा प्रहार गरेको हो।  

अचानक छुरा प्रहार हुन थालेपछि प्रतिकार गर्दै चिच्याउन थालेपछि आक्रमणकारी फरार भएको र छुरा प्रहार गर्ने मानिस आफ्नो परिचित नभएको घाइते मुखियाले बताएका छन्। छुरा प्रहार गर्ने मानिसको अनुहार सम्झना भएको र देखेमा आफूले चिन्न सक्ने मुखियाको भनाइ छ।

छुरा प्रहारबाट गम्भीर घाइते मुखियालाई जिल्ला अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारको लागि वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि भरत श्रेष्ठले बताएका छन्। घाइते मुखियाको अवस्था गम्भीर रहेको बताइएको छ।

मुखियामाथि आक्रमण गर्ने मानिसको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०७७ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App