७ वैशाख २०८१ शुक्रबार
समाज

कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि बैंक बन्द

रौतहटको गरुडा बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकका अधिकांश कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिएपछि बैंकको सम्पूर्ण कारोबार बन्द गरिएको छ। बिहीबार बैंकले सूचना प्रकाशित गरी बैंकको सम्पूर्ण कारोबार बन्द भएको जानकारी गराएको हो।  

बैंकले शाखाका अधिकांश कर्मचारीहरुमा कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेको हुँदा सोको परीक्षण भई नतिजा नआउन्जेलसम्म सम्पूर्ण कर्मचारीहरु आइसोलेसनमा बस्नु पर्ने हुँदा बैंकबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द रहने जनाएको छ। बैंकको एक जना कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको र अन्य कर्मचारीहरुमा पनि कोरोनाको लक्षण देखिएकोले केन्द्रीय कार्यालयको निर्देशनअनुसार बैंक बन्द गरिएको शाखा प्रबन्धक घनश्याम कटुवालले जानकारी गराएका छन्।  

बैंकको कर्मचारीमा कोरोना संक्रमण भएको र बाँकी कर्मचारीलाई पनि शंका लागेकोले गरुडा नगरपालिकालाई बैंक बन्द गरिएको सूचना दिइसकेको र कर्मचारीको पिसिआर परीक्षणको व्यवस्था गरिदिन पनि आग्रह गरिएको कटुवालले बताएका छन्।

प्रकाशित: २५ भाद्र २०७७ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App