बिहीबार आएको पिसिआर रिपोर्टअनुसार जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रहरी उपरीक्षक(एसपी) र प्रहरी नायब उपरीक्षक(डिएसपी) कोरोना पोजेटिभ पाइएको छ।
गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्टमा एसपी राजेन्द्रप्रसाद धमला र डीएसपी तिलक भारतीमा कोरोना पोजिटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्याल्य सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।
एसपी धमला दुईसाता अघि मात्र सरुवा भएर सप्तरी हाजिर भएका हुन। डीएसपी भारती सरुवा भएर काठमाडौं जाने तयारीमा थिए। एसपी धमला जिल्ला संकट व्यवस्थापन केन्द्र, जिल्ला सुरक्षा समिति लगायतको बैठकमा सहभागी हुँदै आएका थिए।
जिल्लाका पत्रकारसँग परिचयात्मक कार्यक्रममा उनले कुराकानी गरेका थिए। संक्रमण पुष्टि भएपछि उनीहरु कार्यालय भित्रै होम आइसोलेसनमा बसेको स्वास्थ कर्यालयले जनाएको छ।
प्रकाशित: २५ भाद्र २०७७ १३:३७ बिहीबार