coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

असारे विकास अन्त्यका लागि उपभोक्ता समितिलाई तालिम

सुनिलस्मृति गाउँपालिका वडा न. १ घोडागाउँमा तालिम संचालन गर्दै ।

सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले चालु आर्थिक वर्षमा सञ्चालन हुने स्वीकृत योजनाहरु समयमै सम्पन्न गर्नका लागि उपभोक्ता समितिहरुलाई अभिमुखिकरण तालिम सञ्चालन गरेको छ।  

आ.व. २०७७/०७८ को श्रावण ३१ गते पहिलो कार्यपालिकाको दोश्रो बैठकको निर्णयानुसार भाद्र १५ सम्म उपभोक्ता समिति गठन, भाद्र मसान्तसम्म उपभोक्ता समितिहरुलाई तालिम गर्ने भनिएको थियो।  

असोज १५ सम्म योजनाहरुको प्राविधिक लागत स्टिमेट, योजना सम्झौता असोज मसान्तसम्म र निर्माण कार्य फागुन मसान्तसम्ममा सम्पन्न गरि भुक्तानी दिने निर्णायानुसार उपभोक्ता समितिहरुलाई तालिम दिन सुरु गरीएको हो।  

असारे विकास अन्त्यका लागि यस्तो प्रकृया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले बताए। तालिमको सहजिकरण प्रमुख प्रसासकिय अधिकृत, योजना प्रमुख र लेखा प्रमुखले गरेका थिए।  

उक्त तालिममा उपभोक्ता समितिका अध्यक्ष, सचिब र कोषाध्यक्ष सहभागी हुनेछन्। तालिम गाउँपालिकाको सबै ८ वडामा संचालन हुनेछ।

प्रकाशित: २५ भाद्र २०७७ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App