coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन गाउँमा खानेपानीको हाहाकार

१ सय २५ परिवार प्रभावित

जिल्लाको बुद्धुभुमी नगरपालिका–१० का तीन गाउँमा यस वर्ष फेरि खानेपानीका हाहाकार भएको छ। दुई साता यता चापाकल (नल) मा पानी आउन छाडेपछि तीन गाउँका १२५ बढी परिवार गाउँ नजिकै रहेको पोखरीको पानी खान बाध्य छन्।  

देउपुरा, लोहरौली र पिप्रहवा लोहरौलीको नयाँ बस्ती टोल अहिले पानीको चरम अभाव छ। सोही वडाको गाउँ नजिकै सिँचाइको नाममा सोनु ईट्टा उद्योगले ठूलो बोरिङ संचालन गरेपछि गाउँमा रहेको नलमा पानी आउन छाडेको गाउँलेहरु बताउँछन्। भुमीगत जल सिँचाइ विकास डिभिजन लमही दाङको सहयोगमा २०७५ सालमा बोरिङ जडान गरिएको थियो। त्यही बोरिङ दिनरात चलाईदा मुहान सुक्ने समस्या आएको हो।  

देउपुराका ८२ वर्षे वृद्ध फुलचन्द केवटले दुई साता यता नलमा पानी नआउदा पिउने पानीको समेत अभाव भएको दुःखेसो पाखे। पानीको अभावले मानिस पशु मात्र होईन तरकारी खेतीमा समेत प्रभाव परेको उमेश केवटले बताए। ‘नलमा पानी नै आउन छाडे हामी धेरै मर्कामा छौ, खानेपानी लिन एक किलोमिटर टाँढा जान बाध्य छौ।’  

लोहरौलाका जयगोबिन्द केवटले ठूलो बोरिङ दिनरात चलाउँदा गाउँका नलको मुहान सुकेको बताए। आफूहरुले बोरिङ नचाउन आग्रह गर्दा अटेरी गर्ने गरिएको उनले गुासो गरे। अहिले धान खेतमा पानी सिचाई गर्ने भन्दै दिनरात बोरिङ चलाइएकोले समस्या भएको उनले बताए। यसबारे उजुरी गरेपछि भुमीगत जल सिँचाइ डिभिजन लमही दाङको टोलीले स्थगत निरीक्षण गरेपछि खानेपानीको मुहान सुकेको प्रतिबेदन २०७५ असोज २१ गते दिएको थियो। सोही आधारमा दैनिक ३ घन्टा भन्दा बढी बोरिङ नचलाउन निर्देशन पनि दिइएको थियो। तर सो निर्णयको भने अहिले पालना नभएको स्थानीय दयाशंकर केवटले बताए।

तीन गाउँको खानेपानीको समस्याको विषयमा स्थायी समाधान खोजिनु पर्ने उनले माग गरे। ठूलो बोरिङ गाउँदेखि ७ सय मिटरको दूरीमा छ। ढेड सयदेखि ४ सय फिटसम्म जाली बाधेर ठूलो बोरिङमा पानी निकालिदा यस्तो समस्या आएको हो। गाउँमा खानेपानीको हाहाकारका विषयमा नगरपालिकमा जानकारी गराई सकिएको गाउँलेहरु बताउँछन्। बुद्धुभुमी नगरपालिका मेयर केशव श्रेष्टले यस विषयमा तत्कालै ठोस कदम चालिने बताए। ‘के कारणले गाउँका नलमा पानी नआएको हो त्यसको अध्ययन गछौ, अनि समस्याको समाधान गछौ’ उनले भने। बोरिङ पिप्राहवा गाउँमा जडान गरिएको छ।

प्रकाशित: २४ भाद्र २०७७ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App