coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाराका नाकाबाट तस्करीको समान भित्रिदै

भारतबाट भित्र्याइएको कपडाहरु नियन्त्रणमा लिएर सार्वजनिक गर्दै सीमा प्रहरी बलका सशस्त्र प्रहरीहरु ।

भारतबाट मानिसहरुले आफूखुसी नेपाल प्रवेश गर्‍यो भने कोरोना भाइरसको संक्रमण फैलिन सकिने भन्दै जिल्लाका नाकाहरुबाट अहिले सुरक्षाकर्मीले मानिसहरुलाई प्रवेशमा रोक लगाएका छन्।

जिल्लमा रहेको छोटी भन्सार कवही गोठ, सिम्रौनगढ  र मटिअर्वा गरि तीनवटै भन्सारबाट मानिसहरुको आवत जावतमा कडाई गरिएको सुरक्षाकर्मीहरुले बताए पनि अवैध रुपमा तस्करीको समान भित्रिदै गरेको सार्वजनिक हुँदै आएको छ।

नाकाहरुबाट सार्वसाधारण मानिसहरुलाई आवात जावतमा रोक लगाए पनि भारतबाट तस्करहरुले सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी मालसमानहरु तस्करी गरि भित्र्याउदै गरेको सीमावर्ती गाउँका स्थानीयहले आरोप लगाएका छन्।

भदौ २२ गते सीमा प्रहरी बल १२ नम्बर गण बाराले सुवर्ण गाउँपालिका  ५ बाट ४३ वटा खसी र बाख्राहरुलाई नियन्त्रणमा लियो। भारतबाट अवैध रुपले नेपाल भित्र्याइएको भन्दै तीन लाख भन्दा बढी मूल्य पर्ने खसी र बाख्राहरुलाई नियन्त्रणमा लिर्नु परेको दाबी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले गरे।

भदौ २२ गते नै नेपाल प्रहरीको मटिअर्वा प्रहरी चौकीले फेटा गाउँपालिका ५ जोतपुर गमरियाबाट ५ ओटा चौपाया नियन्त्रणमा लियो। नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा र प्रहरीले उक्त चौपाया नियन्त्रणमा लिएको दावी बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङेनीले गरेका थिए।

भदौ १३ गते भारतबाट नेपाल भित्र्याइएको प्रतिबन्धित औषधिसहित देवताल गाउँपालिका २ दक्षिण झिटकैयाबाट दुई जनालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।  

प्रहरी चौकी आमवाले भारतबाट आमवा नाका हुँदैै लुकिछिपी ल्याउँदै गरेको प्रतिबन्धित औषधि ५९ थान युनसिरेक्ससहित देवताल २ का कुष्णकुमार साह र अर्जुन यादवलाई नियन्त्रणमा लिन सफल भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्राले दावी गरे। भदौ ११ गते कलैया उपमहानगरपालिका १० निलकण्ठवाबाट सीमा प्रहरी बल नेपाल १२ नम्बर बाराले अवैध रुपमा भित्र्याइएको कपडाहरु नियन्त्रणमा लिएको छ।

दुई लाख ३६ हजार भन्दा बढी मूल्य पर्ने भन्सार छाली गरेको कपडालाई नियन्त्रणमा लिएर थप कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सीमा प्रहरी बल १२ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक निरन्जन भण्डारी जनाएका छन्।

भदौ १० गते सिम्रौनगढ नगरपालिका १ कटहरघारीबाट भन्सार छली गरि ल्याइएको दुई लाख मूल्य बराबरको खाद्यान्य, ईलेक्ट्रोनिक र कपडाहरुलाई सीमा प्रहरी बल बिओपि पिपरपातिले नियन्त्रणमा लिएको थियो। बरामद गरिएका माल समानहरुलाई थप कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको सीमा प्रहरी बल बाराले जनाएको छ।

दुई हप्ताको अन्तरालमा भारतबाट अवैध रुपले भित्र्याइएका माल समान र बाख्रीहरु बरामद हुनु र अर्को तर्फ नेपालबाट चौपाया भारत तर्फ लैजादै गर्नु उदाहरण मात्रै हो बारामा।

सीमा प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले सुरक्षाकर्मीहरुकै कडाईले गर्दा भारतबाट नेपाल भित्र्याइएका खाद्यान्य, ईलेक्ट्रोनिक, कपडा लगाएत नियन्त्रणमा लिन सफल हुँदै आएको तर्क गरेका छन्।

भारतबाट सजिलैसँग जिल्लामा प्रवेश गर्न सकिने अवस्थाको फाईदा उठाउँदै तस्करहरुले खाद्यान्य, ईलेक्ट्रोनिक, कपडा र पशुहरुलाई भित्र्याउने गरेको उनले बताए।

प्रकाशित: २३ भाद्र २०७७ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App