coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा भदौ ३१ गतेसम्म निषेधाज्ञा

धादिङ जिल्लामा जारी निषेधाज्ञाको अवधि लम्बाइएको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञाको समय भदौ ३१ गते मध्यरातसम्म तोकिएको हो। कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले चौथो पटक तोकिएको निषेधाज्ञाको समय सकिनै लाग्दा पाँचौ पटकका लागि तोकिएको छ।

संक्रमणको दर बढिरहेका कारण जनस्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्डहरु अनिवार्य अपनाई उद्योगधन्दा पसल सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा लम्बाइएको प्रजिअ पौडेलले बताए। पसल, उद्योग, कलकारखाना, बैक तथा वित्तिय संस्था लगायतका व्यवसाय विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला हुने पनि उनले बताए। पसल तथा व्यवसाय सञ्चालन गर्दा विक्रेताले भौतिक दूरीको पालना साथै ग्लब्स, सेनिटाइजर र माक्स प्रयोग गर्ने तथा क्रेताले समेत अनिवार्य रुपमा माक्स लगाउने तथा भौतिक दूरी कायम गर्न आग्रह गरिएको छ। औषधि पसल, तरकारी पसल तथा दूध र फलफूल पसलहरु भने खुल्ला गर्ने निर्णय गरिएको छ।

आयोजना, विकास निर्माणको कामहरु निषेधाज्ञाको समयमा गर्न पाउने निर्णय गरेको छ। बैक तथा वित्तिय संस्थाहरुले कार्यालय सञ्चालन गर्दा स्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्ड अवलम्बन गरी कार्यरत एक चौथाई कर्मचारीबाट सेवा दिन पाउने भएको छ। नदी तथा खोलाबाट कुनै पनि तवरले ढुंगा, गिटी, बालुवा आदी उत्खनन तथा संकलन गर्न नदिने र होटल तथा रेस्टुरेन्टको हकमा भने टेक वे सेवा मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ। स्वीमिङ पुल, जिमखाना, हेल्थ क्लब, सैलुन र व्युटिपार्लर भने बन्द गर्ने निर्णय गरिएको छ।  

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रशासनले गत साउन २८ गतेदेखि भदौ ३ गतेसम्म पहिलो पटक निषेधाज्ञा जारी गरेको थियो। त्यसपछि दोस्रो पटक भदौ ९ गतेसम्म, तेस्रो पटक भदौ १६ गतेसम्म, चौथो पटक भदौ २३ गतेसम्मका लागि तोकेको थियो।

प्रकाशित: २३ भाद्र २०७७ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App