coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हचुवामा बस्ती स्थानान्तरण

नयाँ बस्ती मुनि गएको पहिरो ।

प्रदेश सरकारले गतवर्ष १५ करोड खर्च गरेर ४० घरपरिवारलाई नयाँ वस्तीमा स्थानान्तरण गर्‍यो। तर स्थानान्तरण गरेको वस्तीकै तल्लो भूगोलमा ठूलो पहिरो गएपछि नयाँ बस्ती पनि पुनः जोखिममा परेको छ। गतिलो दीर्घकालीन प्राबिधिक मूल्याङ्कन र परीक्षण बिना गरिएको १५ करोड बालुवामा पानी खन्याए जस्तो भएको छ। हरेक काम ब्यक्तिका स्वार्थमा गरिने भएकाले वर्षेनी करोडौ रकम अनाहकमा सकिने गरेको उदाहरण रोल्पाको बस्ती स्थानान्तरणले देखाएको छ।  

रोल्पाको सुनछहरी गाउँपालिका–१ फुलिबन रझन्कीगाउँ पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रदेश पाँच सरकारले उक्त रकम खर्चेको हो। वर्षाैदेखि पहिरोको जोखिम झेल्दै आएका रोल्पाको सुनछहरी गाउँपालिका–१ फूलिवनकी मनपुरा घर्ती गत बैशाखमा फुलिबनमा रहेको पूरानो घर छोडेर बाछेमको नयाँ घरमा सरिन तर त्यहाँ पनि वर्षातमा पनि ढुक्कसँग सुत्न पाईनन्।  

यहि भदौ ५ गते आएको वर्षाले नयाँ बस्ती नै जोखिममा पार्नेगरी बस्ती मुनी फेरी ठूलो पहिरो गएपछि मनपुरालाई फेरी पुरानै चिन्ताले सताउन थालेको हो। उनी जस्तै बस्तीका सबै तनावमा छन्।

प्रदेश सरकारले दिएको साढे ३ लाखले मात्र घर बनाउन नपुग्ने भएपछि अरुबाट ५ लाख ऋण लिएर साढे ८ लाखमा बनाएको नयाँ घर पनि छोडेर जानुपर्ने भएपछि मनपुरा दिक्क बनेकि छिन्। मनपुरासँगै अन्य ४ वटा घर पनि अति जोखिममा रहेकाले ति घरपरिवारलाई फेरी स्थानान्तरण गर्नुपर्ने देखिएको एकीकृत वस्ती विस्तार समितिका सदस्य सचिव खिमबहादुर विष्टले बताए।

गत आर्थिक वर्षमा बस्ती स्थानान्तरणको लागि प्रदेश पाँच सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १५ करोड बजेट विनियोजन गरेको थियो। उक्त बजेट मार्फत् फुलिवन र झङ्कीगाउँका ४० घर परिवारलाई बाछेममा नयाँ वस्ती बनाई स्थानान्तरण गरिएको थियो। नयाँ वस्तीमा सडक, खानेपानी सामुदायीक भवन, विद्युत विस्तारका काम पनि समावेश गरिएको भएता पनि सामुदायिक भवन लगायतका काम भने अझै बाँकी छ। सुरक्षित ठानिएको ठाउँमा पनि पहिरो गएपछि नयाँ बस्ती विस्तारको काम पनि अन्यौलमा परेको हो।

प्रकाशित: २३ भाद्र २०७७ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App