८ वैशाख २०८१ शनिबार
समाज

समुदायस्तरमा ब्यापक कोरोना, संक्रमण रोक्न लकडाउन थप

समुदायस्तरमै कोरोना संक्रमण ब्यापक रुपमा फैलिएपछि दाङमा लागू गरिएको लकडाउन थप एक साताका लागि लम्ब्याईएको छ। आइतबार जिल्ला प्रशासन कार्यालयले लकडाउन केहि खुकुलो पार्दै एक साताका लागि निरन्तरता दिने जनाएको हो। यसअघि लागू गरिएको एक हप्ते लकडाउन आइतबार सकिँदै थियो। यो एक सातामा अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द रहेका थिए।  

तर सोमबारदेखि भने लकडाउनलाई केहि खुकुलो पार्ने जनाएको प्रशासनले विहानभर बजार व्यवसाय सञ्चालन गर्न नदिने जनाएको छ। विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म बजार व्यवसाय खुल्न पाउने प्रशासनले जनाएको छ। तर, बजार व्ययवसाय सञ्चालन गर्दा स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षामा पूर्ण सतर्कता अपनाउन पनि भनेको छ।  

यसैगरि सार्वजनिक यातायातका साधनहरु पूर्ण रुपमा ठप्प रहने छन् भने विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्रै निजी सवारी साधनहरु जोर बिजोर प्रणालीबाट सञ्चालनमा आउने स्थानीय प्रशासनले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिले जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा उच्च रुपमा बढेको छ। सबै भन्दा बढी घोराही र तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको छ।  

‘जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण उच्च रुपमा फैलिएको छ, यसले समुदायस्तरमा झनै खतरा बढाईरहेको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले भने ‘मुख्यतयाः घोराही र तुलसीपुर क्षेत्रमा बिस्तार भइरहेको कोरोनाको जोखिम उच्च देखिइरहेको छ।’ जिल्लामा अहिले सम्म कुल ८ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ। दोस्रो चरणमा भेटिएको संक्रमण सबै समुदायस्तरको मात्रै हो।  

‘पहिलो चरणमा क्वारेन्टिनमा मात्रै रहेकाहरुमा कोरोना संक्रमण देखिएको थियो,’ चन्दले भने ‘तर दोस्रो चरणमा भने समुदायस्तरमै बढीलाई संक्रमण देखिएको छ।’

प्रकाशित: २१ भाद्र २०७७ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App