वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। झापाको कन्काई नगरपालिका ३ की ३९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो।
आज बिहान १० बजेर ४५ मिनेटमा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। मृतकलाई मेची अस्पतालले भदौ १८ गते रिफर गरेको थियो। उनी भदौ १८ गते प्रतिष्ठानमा भर्ना भएको र सोही दिन पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ।
मृतकलाई ७ दिनदेखि कब्जियत, कमजोरी भएको र विगत २ दिनदेखि ज्वरो, श्वासप्रश्वासमा कठिनाइ भएको साथै परीक्षण गर्दा निमोनिया पनि देखिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए। प्रतिष्ठानमा आइपुग्दा अवस्था गम्भीर भएर भेन्टिलेटरमा राखेर उपचार गरिएको पनि प्रवक्ता डा.सापकोटाले बताए। उनलाई मधुमेहको दीर्घ रोग भएको पनि प्रतिष्ठानले जनाएको छ।
प्रकाशित: २१ भाद्र २०७७ ०८:२२ आइतबार