७ वैशाख २०८१ शुक्रबार
समाज

दोलखामा ७ जना कोरोना जितेर घर फर्किए

बुधबार प्राथामिक स्वास्थ्य केन्द्र चरिकोट अर्थात प्रस्तावित चरिकोट अस्पतालमा फरक माहोला थियो। आईसोलेसनमा बसेका ७ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल प्रशासन र भीमेश्वर नगरपालिकाले उनीहरुलाई हौसला दिँदै विदाई गरिएको हो।  

नगरका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काका अनुसार नगर क्षेत्रका ७ जना संक्रमितले कोरोना जितेका छन्।  

प्रथामिक स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर लामिछानेले कोरोना जितेर फर्किएकाहरुलाई हौसला दिनुपर्ने बताईन्। उनले त्यसरी जितेर फर्किनेहरु संग सतर्कता अपनाउन र कोरोना बारे समाजमा सचेतना फैलाउन आग्रह गरिन्।  

अन्तिममा सातै जना हौसिदै र खुसी हुँदै सामुहिक सेल्फी खिचेर अस्पतालबाट बाहिरिएका थिए।  

प्रकाशित: २० भाद्र २०७७ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App