८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौंलाई भयावह हुनबाट जोगाउने हो भने निषेधाज्ञा तुरुन्त कडा पार : उपत्यका नगरपालिका फोरम

क्याप्शन

उपत्यका नगरपालिका फाेरमले आज बिहीबारदेखि काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा खुकुलो भएकाले भयावह स्थिति आउने भन्दै यसलाई तुरुन्त कडा पार्न सम्बन्धित निकायसँग माग गरेकाे छ ।

बिहीबार विज्ञप्ति जारी गरी फाेरमले ‘दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म विकास निर्माणका पसल/व्यवसाय सञ्चालन गर्न सकिने...’ बुँदाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जारी आदेशलाई अविलम्ब सुधार गर्न स्थानीय प्रशासनसँग माग गरेको हो ।  

यस्तो निषेधाज्ञाको खासै अर्थ नहुने भएको उल्लेख गर्दै फाेरमले अत्यावश्यक वस्तु र सेवालाई बिहान ९ बजेसम्म खुला गर्न पाइनेसम्म मात्र आदेश सीमित राख्न सम्बन्धित निकायसँग माग गरेको हो ।  

 

यो पनि पढ्नुहोस्

उपत्यकाको निषेधाज्ञा खुकुलो, के के गर्न पाइन्छ ?

 

प्रकाशित: १८ भाद्र २०७७ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App