प्रदेश २ मा बुधबार एकैदिन दुई सय ५० नयाँ संक्रमित थपिएका छन्। यो सँगै यस प्रदेशमा संक्रमितको संख्या दश हजार पाँच सय ५६ पुगेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार पर्सामा १४, बारामा ५२, रौतहटमा १८, सर्लाहीमा ५१, महोत्तरीमा २९, धनुषामा ५८, सिरहामा १३ र सप्तरीमा १५ गरी २ सय ५० जना नयाँ संक्रमित थपिएका छन्।
यस प्रदेशमा सबैभन्दा बढी संक्रमित पर्सामा २ हजार २ सय ३३ छन्। संक्रमितको संख्या बारामा ९ सय १३, रौतहटमा १ हजार ६ सय ५४, सर्लाहीमा १ हजार ६ सय १४, महोत्तरीमा १ हजार २ सय ८३, धनुषामा १ हजार ६ सय ३४, ४ सय १२ र सप्तरीमा ८ सय ६ पुगेको छ। यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७६ पुगेको छ।
बुधबार कोरोना संक्रमणबाट बाराको सिमरौनगढ नगरपालिका ९ का ९७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। पर्सामा ३६, रौतहटमा ५, सर्लाहीमा ३, महोत्तरीमा १०, धनुषामा १२, सिरहामा ८ र सप्तरीमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भैसकेको तथ्यांक छ।
बुधबार यस प्रदेशका ८३ जना निको भएर घर फर्केका छन्। यससँगै संक्रमण निको भएर फर्किनेहरुको संख्या ५ हजार ७१ पुगेको छ। यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ९० छ।
प्रकाशित: १७ भाद्र २०७७ १२:४३ बुधबार