coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धादिङ सिद्धलेकका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट धादिङका एक पुरुषको मृत्यु भएको छ। सिद्धलेक गाउँपालिका वडा नं ६ का ४७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए।  

मिर्गौलाको समस्या र निमोनियाका कारण दुई महिनादेखि पाटन अस्पतालमा उपचाररत थिए। बुधबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिइन्।  

धादिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाकोटका एक जना पुरुषको मृत्यु पश्चात् कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार ज्वालामुखी गाउँपालिका वडा नं २ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।  

योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई सय २९ पुगेको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि साउन २८ गतेदेखि निशेधाज्ञा जारी गरिएको छ। बुधबारबाट भदौ २३ गतेसम्म बजार, व्यवसाय, बैंक तथा वित्तिय संस्था बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गरेको छ।

प्रकाशित: १७ भाद्र २०७७ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App