coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खोटाङको ऐसेलुखर्कमा अत्यावश्यक बाहेकका सेवा बन्द

क्याप्श/

कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि  ‘कोरोना भाइरसबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित गाउँपालिकाले १५ दिनका लागि अत्यावश्यक बाहेकका काम बन्द गरेको हो।  

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भदौ १५ गतेदेखि भदौ ३० गतेसम्मका लागि अत्यावश्यक/विशेष परिस्थिति बाहेक सबै कार्यालय, व्यापार/व्यवसाय, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए। 

यस्तै, १५ दिनका लागि ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कबाट चल्ने सम्पूर्ण सवारी साधन आवत–जावतमा रोक लगाइएको छ। कोरोना संक्रमण फैलिने खतरा बढेको भन्दै गाउँपालिकाको सोमबार बसेको बैठकले अत्यावश्यक बाहेकका काम बन्द गर्ने निर्णय गरेको हो।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले जारी गरेको सूचनालाई उल्लंघन गरेको पाइएमा गाउँपालिका वा प्रहरी कार्यालयलाई खबर गर्न आग्रह गरिएको छ। गाउँपालिकाबाट सम्झौता भएर सञ्चालन भइरहेका आयोजनाको लागि स्वीकृति लिएर निर्माण सामग्री ढुवानी गर्नुपर्ने र भदौ १८ गतेसम्ममा खाद्यान्न खरिद र बैंक तथा बित्तीय संस्थाबाट सामाजिक दूरी कायम गर्दै अतिआवश्यक काम गर्न/गराउन सकिने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।  

प्रकाशित: १६ भाद्र २०७७ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App