coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मौसम पूर्वानुमानः यी क्षेत्रमा भारी वर्षाको सम्भावना, कस्तो रहला आगामी तीन दिन?

आज देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको छ। साे क्षेत्रमा आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुराेध गरेकाे छ।

अन्य स्थानमा भने सामान्य बदली रहनेछ। त्यस्तै सोमवार देशभर प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरूमा र प्रदेश २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमवार प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः 

भाद्र१४गते(आइतबार)

दिउँसो :देशभरसामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ।

राती:देशभरसामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यमवर्षाको सम्भावना रहेको छ । प्रदेश१ कोएक वा दुई स्थानहरुमाभारी वर्षाकोसम्भावना रहेको छ।

भाद्र१५गते(सोमबार)

दिउँसो : देशभरसामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरूमा र प्रदेश २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमाभारी वर्षाकोसम्भावना रहेको छ।

राती:प्रदेश न. १, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि पूर्ण बदली र बाँकी प्रदेशमासामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरूमा र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमाभारी वर्षाकोसम्भावना रहेको छ।

भाद्र१६गते(मंगलबार)

दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाकोसम्भावना रहेको छ।


राती:देशभर पूर्ण बदली रहनेछ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाकोसम्भावना रहेको छ।

प्रकाशित: १४ भाद्र २०७७ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App