५ वैशाख २०८१ बुधबार
समाज

सिरहामा दुई दिनमा तीनको मृत्यु

कोरोना संक्रमणबाट शुक्रबार राति लहान नगरपालिका–१८ भदैया गाउँका ८५ वर्षीय जेष्ठ नागरिकको मृत्यु भएको छ। किडनी र श्वासप्रश्वासका विरामी उनको बीपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

मृगौलाको दिर्घ रोगी उनलाई भदौ ६ गत्ते उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। भदौ ७ गत्ते उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताए। श्वासप्रश्वासमा समेत समस्या भएपछि आइसोलेसनमा भर्ना गरी उपचार सुरु गरिएका उनको शुक्रबार राती मृत्यु भएको थियो।  

उनलाई उपचारमा लैजाने दुई नाती र एक छोरीको समेत पिसिआर परीक्षण गरिएको छ। उनीहरुको रिपोर्ट नेगेटिभ आएको लहान नगरपालिका –१८ का वडा अध्यक्ष समशेरले बताए। दुई जना नाती र एक जना छोरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ उनले भने,‘मृतकलाई उपचारको क्रममा अस्पतालबाटै संक्रमण सरेको हुन सक्छ।’

मृतकको शव ल्याउन एम्बुलेन्स पठाईसकिएको छ उनले भने,‘लहान नगरपालिकाको एक्साभेटरबाट गाउँको कब्रगाहमा खाल्डो खनिसकिएको छ। यसै ठाउँमा नेपाली सेनाबाट शव व्यवस्थानको बन्दोबस्त मिलाएको छुँ।’ कुरुवा बसेकामा समेत संक्रमण पुष्टि नभएकोले समुदाय डराउनुपर्ने अवस्था नरहेको उनले बताए।

बिहिबार राती बिराटनगरको कोशी अस्पतालको आयसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी नगरपालिका–९ की ६५ वर्षीया महिलाको शव शुक्रबार लहानमा  नेपाली सेनाले कार्यविधि अनुसार व्यवस्थापन गरेका छन्।

बिहिबार राती बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारको क्रममा मृत्युवरण गरेका सुखिपुर नगरपालिका–८ का ६५ वर्षीय पुरुषको शुक्रबार नेपाली सेनाले गाउँमै शव व्यवस्थापन गरेको छ। उनको उपचार गर्ने सुखिपुरका दुई वटा पोलिक्लिनिकलाई सिल गरी २७ जनालाई क्वारेन्टिन गरिएको स्वास्थ्य शाखा प्रमुख अन्देश्वर मडलले बताए।

यससँगै सिरहामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। भदौ ८ गत्ते लहान नगरपालिका–२४ मोतिपुरका २२ वर्षीय पुरुष, भदौ ३ गत्ते मिर्चैया नगरपालिकाका–४ का ६० वर्षीय पुरुष, साउन २९ गत्ते विष्णुपुर गाउँपालिका–१ गौरीपुरका ४० वर्षीय पुरुष र साउन २२ गत्ते गोलबजार नगरपालिकाका –१२ बेतौनाका २३ वर्षीय पुरुषको मृत्यु भएको थियो।

यसैगरी, बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणअनुसार शनिबार ६ जनाको रिपोर्ट पोजेटिभ आएको सिरहाका स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए। सिरहा नगरपालिका–१४ का १ जना, वडा नम्बर–१५ का ४ जना वडा नम्बर–७ का १ जना गरी ६ जनामा संक्रमण पुष्टि भएको यादवले बताए।

प्रकाशित: १३ भाद्र २०७७ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App