८ वैशाख २०८१ शनिबार
समाज

लक्षण नभएकालाई १० दिनपछि डिस्चार्ज

स्वास्थ्य मन्त्रालयले लक्षण नभएका तर अस्पताल भर्ना भएका कोरोना संक्रमितलाई १० दिनपछि पिसिआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गतको कोभिड १९ इन्सिडेन्ट कमान्ड सिस्टमले यस्तो निर्देशन दिएको हो। १० दिनपछि पनि रिपोर्ट पोजिटिभ आए १४ दिनसम्म राखेर परीक्षण नगरी पठाउन निर्देशन भएको छ। मन्त्रालयले कुनै पनि कोभिड १९ अस्पतालले लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई १४ दिनभन्दा बढी अस्पताल राखे त्यसको सोधभर्ना नदिने निर्णय गरेको छ।  

कोभिड १९ इन्सिडेन्ट कमान्ड सिस्टमका प्रमुुुख डा. गुणराज लोहनीले १४ दिनपछि कोभिड अरूलाई नसर्ने भएकाले परीक्षण गर्न आवश्यक नभएको र १० दिनपछि पनि नेगेटिभ देखिने सम्भावना भएकाले यो निर्णय गरेको बताए। उनले भने, ‘बिरामीलाई अनावश्यक अस्पताल बस्नु परेन र बस्न आवश्यक पनि छैन तर अस्पतालहरूले थाहा नपाएर धेरै दिन राखेको अवस्था छ।’

प्रकाशित: ११ भाद्र २०७७ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App