१६ चैत्र २०८० शुक्रबार
समाज

पत्रकार हातपातको विरोध

पत्रकार सन्तोष यादवमाथि भएको हातपातको घटना छानविन गरी दोषीउपर कारबाही गर्न शनिबार जनकपुरमा प्रदर्शन गरिएको छ । शुक्रबार राति पत्रकार यादवलाई जनकपुरको एक अस्पतालमा रिपोर्टिङको क्रममा प्रहरीले हातपात गरेको थियो ।

पत्रकार कुट्ने प्रहरीमाथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, गुण्डागर्दी चल्दैनजस्ता नारा लेखिएको प्लेकार्ड बोकेर युवाले प्रदर्शन गरेका हुन् । नेपाल पत्रकार महासंघ सिरहा शाखाले विज्ञप्ति जारी गरेर दोषी प्रहरीमाथि कडा कारबाही माग गरेको छ । 

कोरोना संक्रमण नियन्त्रणको अग्रमोर्चामा खटिएर रिपोर्टिङ गर्ने पत्रकारउपर आक्रमण प्रेस स्वतन्त्रतामाथिको अक्रामण भएको महासंघ सिरहाका सभापती दिनेश्वर गुप्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीमा दोषी प्रहरी उपर कारवाही माग गरिएको छ ।

शुक्रबार राति जनकपुरस्थित नवजीवन अस्पतालमा मृत्यु भएका एक महिलाको शव पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल लग्ने क्रममा मृतकका आफन्तमाथि प्रहरीले बल प्रयोग गरेको तस्विर खिच्ने क्रममा आफूसहितका संचारकर्मीउपर प्रहरीले घेरा हालेर कुटपिट गरेको पत्रकार यादवले बताए ।

प्रकाशित: ३१ श्रावण २०७७ १३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App