८ वैशाख २०८१ शनिबार
समाज

थिमि नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन बन्द

काठमाडौंसँंग जोडिएको उपत्यकाको मध्यपुर थिमि क्षेत्रभित्रका सम्र्पूण सार्वजनिक यातायात सञ्चालन बन्द गरिएको छ। कोरोना महामारीले नगरलाई च्यापेपछि मध्यपुर थिमि नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले शनिबार यस्तो निर्णय गरेको हो।  

नगर प्रमुख मदनसुन्दर श्रेष्ठद्धारा साँझ जारी प्रेस विज्ञप्तिमा कोरोना संक्रमण नगरपालिका क्षेत्रभित्र वढ्दै गएका कारण यस्तो निर्णय लिनुपरेको जनाइएको छ। यसअघि केही दिनदेखि यस नगरपालिका क्षेत्रभित्र दैनिक रुपमा कोरोना संक्रमित भेटिंदै आएका छन्। यस क्रममा यसअघि नै यहाँंका विभिन्न वडाहरुले वडास्तरमा आआफनो क्षेत्रभित्र हुलमुलको वन्द गराउँंदै आएका छन्। शनिबारमात्रै नगरपालिकाबाट सञ्चालित कोरिया नेपाल मैत्री अस्पतालका तीन जना नर्सहरु र एकजना सुरक्षाकर्मी गरी चार जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। अस्पतालमा कोरोना भेटिएपछि आकस्मिकबाहेकका सम्पूर्ण सेवा वन्द गराइएको थियो।  

नगरपालिकाले अरनिको राजमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्मको हकमा सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी सार्वजनिक यातायात चल्न दिने जनाएको छ। नगरपालिकाले नगर क्षेत्रभित्र चल्ने सार्वजनिक यायातातहरु मात्रै वन्द गर्ने निर्णय गरेको हो। नगरपालिका क्षेत्रबाट सुरु भई काठमाडौ, भक्तपुर जाने सार्वजनिक यातायातहरु मात्रै वन्द गर्ने निर्णय गरेको हो। यसबाहेक अरनिको राजमार्ग अन्तर्गत भक्तपुरबाट मध्यपुर थिमि भई काठमाडौ जाने, काठमाडौंबाट मध्यपुर थिमि भई भक्तपुर आउने सवारीसाधनहरुको हकमा भने आफनो नगरपालिका क्षेत्रको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्म सार्वजनिक यातायात रोक्न, यात्रु चढायन र ओराल्न नपाइने गरी वन्द गरेको हो।  

नगरभरि नै कोरानो संक्रमितको संख्या वढ्दै गएकोले नगर क्षेत्रबासी नगरभित्रै होस्, नगरक्षेत्रभित्रका नगरबाहिर र बाहिरका नगर क्षेत्रभित्र नभित्रिउन भनी हामीले यस्तो निर्णय लिएको हौं, नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने। यसले नगर क्षेत्रभित्र कोरोना संक्रमण भयावह हुन जोगिने विश्वास उनको छ।  

शनिबारसम्म भक्तपुरमा एक सय २४ जना कोरोना संक्रमित भइसकेका छन्। शुक्रबारसम्ममा एक सय १५ जना कोरोना संक्रमित भेटिएका थिए। शनिरबा थप नौ जना कोरोना संक्रमित जिल्लामा भेटिएका हुन्। यहाँंका भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक, चाँंगुनारायण गरी जिल्लाका सवै नगरपालिका क्षेत्रमा कोरोना संक्रमित भेटिसकेका छन्। 

प्रकाशित: ३१ श्रावण २०७७ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App