१५ चैत्र २०८० बिहीबार
समाज

लिदी पहिरो : मृत्यु हुने १८ पुगे, अझै २१ जना बेपत्ता

लिदी पहिरोमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार थप सात शव फेला परेपछि मृतकको संख्या बढेको हो । पहिरोमा अझै २१ स्थानीय हराइरहेका छन् ।  

पाँच बालबालिकासहित थप सात शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । दिउँसोसम्म पाँच शब फेला परेकोमा साँझ थप दुई मृत भेटिएका थिए ।

स्थानीय मानबहादुर दोङ (३०), लक्ष्मी दोङ (११), माइलापराङ दोङ (१६), च्यामा दोङ (११), बिमला दोङ (७) सात महिने कबीर दोङ र मेकमाइ दोङ (३७) को शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको हो । जुगल गाउँपालिका–२, गोल्चे लिदीमा शुक्रबार बिहान पहिरो खस्दा ३७ घर पुरेको थियो । घरसँगै ३९ स्थानीय बेपत्ता भएका थिए । बेपत्तामध्ये शुक्रबार ११ मृत भेटिएका थिए । सनाखतपछि भेटिएका सबै शवको शनिबारै अन्त्येष्टिसमेत गरिएको छ ।  

पहिरोमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित डेढ सय सुरक्षाकर्मीलाई बेपत्ताको खोजीमा परिचालन गरिएको डिएसपी काफ्लेले जनाए ।

प्रकाशित: ३१ श्रावण २०७७ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App