७ वैशाख २०८१ शुक्रबार
समाज

लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुग्यो

जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे लिदी गाउँमा पहिरोमा परी ज्यान गुमाउनको संख्या ११ पुगेको छ । थप ६ को शव भेटिएपछि मृतकको संख्या बढेको हो । यसअघि पाँच शव फेला परेको थियो ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले चार पुरुष, दुई महिला र पाँच बालकको शव भेटिएको बताए । उनका अनुसार मृतकको सनाखत भने हुन सकेको छैन । मृतक अधिकांशको अनुहार नचिनिने भएकाले सनाखत हुन नसकेको छ ।  

शुक्रबार बिहान बस्तीमाथिबाट खसेको पहिरोले गाउँका डेढदर्जनभन्दा बढी घर पुरेको थियो । घटनाका १५ घाइतेमध्ये गम्भिर अवस्थाका चारको चौतारा अस्पताल र एकको राजधानीमा उपचार भइरहेको छ । सामान्य अवस्थाका अरु गाउँमै छन् । पहिरोमा अझै २७ बेपत्ता रहेको डिएसपी काफ्लेले जानकारी दिए । पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी छ । पानी पर्न थालेको र पहिरोसमेत बग्न थालेकाले खोजी कार्यमा समस्या थपिएको उनले जानकारी दिए ।

प्रकाशित: ३० श्रावण २०७७ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App