१६ चैत्र २०८० शुक्रबार
समाज

सदरमुकाम तौलिहवा बन्यो कोरोनाको केन्द्र

७ सुरक्षाकर्मीसहित एकै पटक २८ जना संक्रमित थपिए

कपिलवस्तुमा फेरी कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। बैशाख २५ गते भारतबाट फर्केका मायादेबी गाउँपालिका अभिरावका २ जना युवामा पहिलो पटक संक्रमण देखिएको थियो। त्यसयता असार दोश्रो सातासम्म जिल्लामा कोरोना संक्रमितको संख्या बढेका थियो।  

असार तेश्रो सातापछि सरकारले लक्षण नदेखिएका बिरामीलाई पिसिआर परीक्षण बिना घर जान दिने नयाँ निर्देशिका जारी गरेपश्चात् संक्रमितको संख्या घट्दै गएको थियो। साउन दोश्रो सातासम्म जिल्लामा १३ जना मात्र सकृय संक्रमित थिए। साउन तेश्रो साताबाट समुदायस्तरमा कोरोना अवस्था पत्ता लगाउन दु्रत परीक्षण गरिएपछि अहिले भने कोरोना संक्रमितको संख्या दिनदिनै बढदै आएको छ।  

अहिले सबै भन्दा बढी सदरमुकाम तौलिहवाको समुदायस्तरमा कोरोना फैलिएको छ। पान पसले, ब्यापारी, मासुपसले, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक विद्यार्थी, बैंकिङ संस्थाका कर्मचारी, गृहणी लगायत समेत संक्रमित भएका छन्। तौलिहवाकी संक्रमित अन्जु शर्माले सदरमुकाम तौलिहवाको समुदायस्तरमा कोरोना फैलिएपछि सरकारले कोरोना नियन्त्रण रोकथाममा कुनै चासो नदिएको बताएकी छन्। उनले आफ्नो फेसबुक वालमा पोस्ट गर्दै संक्रमितको उपचारमा चासो नदिएको, रोकथाम र नियन्त्रणमा ठोस कदम नचालेको, परीक्षणमा ढिलाई गरेको गुनासो गरिन्।  

उनले समुदायका मान्छेको असावधानी र सरकारी बेवास्ताले अब कोरोना प्रत्येक घर घर मै पूग्ने दाबी गरिन्। सदरमुकाम तौलिहवाका जमुहार टोलका चामल ब्यापारी कृष्णकुमार गुप्ताको कोरोनाका कारण मृत्यु समेत भएको थियो।  

७ सुरक्षाकर्मीसहित एकै पटक २८ जना संक्रमित थपिए  

प्रदेश नम्बर ५ मा सबै भन्दा बढी संक्रमित भएको जिल्लामा ७ सुरक्षाकर्मीसहित एकै पटक थप २८ जना संक्रमित थपिएका छन्। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ३५ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालय अनुसार थपिएका संक्रमितहरुमा ७ नेपाल प्रहरीका, बैंकिङ संस्थाका ७ जना, ५ विद्यार्थी, स्वास्थ्यकर्मी २ जना छन्।  

यस्तै बस ब्यवसायी, गैर सरकारी संस्था, नर्सिङ विद्यार्थी, गैर सरकारी संस्था, गृहणी र समुदायस्तरबाट एक एक जना छन्। यस्तै सुद्धोदन गाउँपालिकाका एक जना संक्रमित समेत थपिएका छन्। शुक्रवार ग्लोबल आईएमई बैकका २, मेघा बैकका एक, गुवेश्वरी फाईनान्सका एक, तिनाउ मिशन बैकका एक र कुषि विकास बैकका २ जना संक्रमित थपिएका हुन्। कपिलवस्तु अस्पताल र बसन्तपुर हेल्थ पोस्टका एक एक जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन्।

जिल्लामा बैंकिङ संस्थाका २९ र सुरक्षाकर्मी १७ जना संक्रमित भएका छन्। तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा मेसुसहित दुई दर्जनमा कोरोना देखिएपछि अस्पताल बन्द गरिएको छ। गत साउन २५ गते बुद्धपदम माविदेखि संकलन गरिएको २ सय २६ नमुना मध्ये २६ पोजेटिभ १ सय ५१ नेगेटिभ र ५० को नतिजा आउन बाँकी छ।

प्रकाशित: ३० श्रावण २०७७ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App