coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घर फर्केकाहरुमा पुनः संक्रमण

कोरोना संक्रमित भई १४ दिन क्वारेन्टिनमा बसेर घर फर्केकाहरुमा पुनः संक्रमण देखिएको छ। बैतडीको सुर्नया गाउँपालिका–७ का दुई जनामा पुनः कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।  

कोरोना पुष्टि भएका तर कुनै लक्षण नदेखिएका दुवै जनालाई १४ दिने क्वारेन्टिन बसेपछि घर फर्काइएकोमा फेरी स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ देखिएको हो। पुनः संक्रमण देखिएका नागरिकका सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले  बताए।

समुदायमा कोरानो फैलिएको आशंकामा गाउँपालिकाका संक्रमितका सम्पर्कमा रहेका कम्तिमा दुईजनाको स्वाब संकलन गरेर कोरोना परीक्षणको तयारी भइरहेको महराले जानकारी दिए। जिल्लाका ३ सय २३ जना कोरोना संक्रमितमध्ये ४ जना मात्रै विभिन्न क्वारेन्टिन र आइसोलेसनमा बसिरहेका छन् भने अन्य सबै डिस्चार्ज भइसकेका छन्। कोरोना पोजेटिभ देखिएर १४ दिनको क्वारेन्टिन बसाइँपछि लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण बिनै घर पठाइएको छ। यसले जिल्लामा कोरोनाको जोखिम पनि बढ्दै गएको छ। गत हप्ता पाटन नगरपालिकाका एक गर्भवती महिलामा संक्रमण देखिएको थियो। उनको कुनै ट्रावल हिष्ट्री नभएकाले समुदायमा पनि संक्रमण फैलिएको अनुमान गरिएको छ।

पछिल्लो समयमा सरकारले नै होम क्वारेन्टाइनमा बस्ने निर्देशिका बनाएको र होम क्वारेन्टाइनमा नियम पालना नहुँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए।

 

प्रकाशित: ३० श्रावण २०७७ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App