१६ चैत्र २०८० शुक्रबार
समाज

काष्ठमण्डपको पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न

वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ। जनप्रतिनिधि र स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण भइरहेको काष्ठमण्डपको काम ७० प्रतिशत सम्पन्न भएको हो। कोरोना भाइरसका कारण केही समय काम स्थगित गरिएपनि गत वैशाख दोस्रो साताबाट सुरु भएको काम अहिलेसम्म ७० प्रतिशत सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए। पहिलो तलाको सम्पूर्ण काम सकिएको र दोस्रो तलाको काम जारी रहेको उनले बताए।

काष्ठमण्डप पुनर्निर्माणमा प्राचिनकालमा प्रयोग गरिएको सामग्री र विधि प्रयोग भइरहेको छ। ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण गर्दा आधुनिक मेसिनको प्रयोग नभइ स्थानीय जनशक्तिको परम्परागत सीप विधि माटो, इटा, काठ र ढुंगाबाट निर्माण भइरहेको उनले बताए।

काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काष्ठमण्डप पुनर्निर्माण भइरहेको छ। पुनर्निर्माणको खर्च महानगरपालिकाले व्यहोर्ने समझादारी अनुसार काम भइरहेको छ। अहिलेसम्म महानगरले तीन चरणमा गरी साढे १० करोड रुपैयाँ समितिलाई हस्तान्तरण गरिसकेको उनले बताए।

कोरोना संक्रमणको जोखिम देशव्यापी रहेपनि आवश्यक सावधानि अपनाएर पुनर्निर्माणको काम जारी रहेको उनले बताए। काष्ठमण्डप पुनर्निर्माणका लागि अहिलेसम्म ७ हजार ९ सय २ क्यूफिट काठ महोत्तरी, मकवानपुर र कञ्चनपुर लगायतका क्षेत्रबाट ल्याइएको छ। अझै ३, ४ हजार क्यूफिट काठको आवश्यकता रहेको उनले बताए। ६४ वर्षमिटर क्षेत्रफलमा निर्माण भइरहेको काष्ठमण्डपको उचाइ साढे २६ मिटर रहेको छ।  

भग्नावशेषबाट संकलन गरिएका केही काठहरु अहिले पनि प्रयोग गरिएको छ। मुख्य चार खम्बामध्ये एक खम्बा पुरानो नै प्रयोग गरिएको छ। पुरानो काठ रेक्टोग्राफि टेष्ट गरेर मात्रै प्रयोग गर्ने गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०७७ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App