८ आश्विन २०७७ बिहीबार
समाज

अज्ञात समूहद्वारा मोटरसाइकलमा आगजनी

गुल्मीमा अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा आगो लगाइएको हो।

लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा गए राति करीब २ बजे आगो लगाइएको पन्थीले बताए। पन्थीटोलमै बनाइएको तरकारी संकलन केन्द्रको भवनको ताला तोडेर मोटरसाइकल बाहिर निकाली आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडा पुनले जानकारी दिए।

घटनाका विषयमा प्रहरीले मुचुल्का उठाएको र थप अनुसन्धान भइरहेको पुनले बताए। आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ। यसअघि गत असार १७ गते भवनबाटै पन्थीको मोटरसाइकल निकाली बाटामा फालिएको थियो भने त्यसको एक हप्तापछि उनको बारीको तरकारीको बिरुवामा क्षति पुर्‍याइएको थियो।

प्रकाशित: ३० श्रावण २०७७ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App