८ वैशाख २०८१ शनिबार
समाज

लापरबाहीले फैलिँदै संक्रमण

भारतसंग सीमा जोडिएको  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कोरोनाको ‘हटस्पट’ बनेको छ। यस गाउँपालिकाको एउटै वडाका ४४ सहित ८८ जना संक्रमित छन्। गाउँ नै संक्रमणको चपेटमा परेको बेला कृष्ण जन्म अष्टमीको दिन बाहिरबाट नृत्यंगनाहरू बोलाएर नृत्य कार्यक्रम आयोजना गरिएको थियो।

लकडाउन तथा निषेधाज्ञाको बीच आयोजित नृत्य कार्यक्रम स्थानीय प्रहरी, प्रशान र जनप्रतिनिधिले टुलुटुलु हेरिमात्र रहे। गाउँभरी नै संक्रमण फैलिएको बेला कानुनलाई धज्जी उडाउँदै गरिएको कार्यक्रम रोक्न कसैले प्रयास गरेनन। गाउँपालिका अध्यक्ष सतिश सिंह भन्छन,‘ जनप्रतिनिधिले भनेको कसले टेर्छ र ! प्रहरी निरिह बनेको ठाउँमा जनप्रतिनिधिले कसरी भिड रोक्न सक्छ उनले भने, ‘भिडले हाम्रो कुरा सुन्दैन। यो दुःख घटना हुन पुग्यो।’  

सिंहकाअनुसार यस गाउँपालिकामा मात्र ८८ जना जतिमा संक्रमण पुष्टि भएको छ। जसमध्ये लौनीया गाउँका ४४ जना संक्रमित छन। एउटै गाउँका यती धेरै मानिस संक्रमित हुनुको कारण हो वारिपारि सहज आउजाउ। यहाँका मानिस एक किलो चीन र एक प्याकेट नुनका लागि पनि पारि नै पुग्छन अध्यक्ष सिंहले भने, ‘पारिबाट सामानसहित संक्रमण पनि यस गाउँमा फैलिएको छ।’ गाउँ टाँसिएकै सीमा भएका कारण यहाँका मानिसको दैनिकि पारिको कुनौली बजारमा निर्भर छ।  

लौनिया गाउँमा समुदायमा संक्रमण फैलिएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए। गाउँभरी संक्रमण फैलिएर संक्रमितको संख्या बढ्न थालेपछि गाउँपालिकाले लौनीया गाउँमै आइसोलेसन केन्द्र संचालन गरेको छ।  

लौनिया गाउँमा कोरोना भाइरस सघन रुपमै फैलिसकेकाले यसको चक्र तोड्न कडाइ गरिएको प्रहरी, प्रशासन र जनप्रतिनिधिको दावी बुधबार कृष्ण जन्मअष्टमीको दिन आयोजित नृत्य कार्यक्रमणले गलत सावित गरिदिएको छ।  

कोरोनाको संक्रमण समुदायभित्र समूहमा देखिन थालेपछि  सप्तरी प्रशासनले साउन ८ गतेदेखी राजविराज नगरपालिका क्षेत्रमा र साउन २० गतेदेखि जिल्लाभरी भदौ २ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। धार्मिक कार्यक्रम, चाडपर्व आफनो घरभित्रै सुरक्षित साथ मनाउन भनिएपछि त्यस विपरित भिड जम्मा भएर नाचगान कार्यक्रमको आयोजनले संक्रमण फैलिने खतरा बढाएको छ। प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्यले भने, ‘तिलाठीगोइलाडीको सांस्कृतिक कार्यक्रम सुरक्षाकर्मी परिचालन गरेर हुन दिएनौ। मलाई सूचना आएको केही बेरमै कार्यक्रम बिथोलिएको थियो।’

मंगलबार सिरहाको सुखिपुर नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भयो। संक्रमितहरुलाई आईसोलेसनमा लग्न क्वारेन्टिनमा उनीहरुमध्ये आधासरो संक्रमित फेला परेनन्। खोज्दै जाँदा उनीहरु आफ्नो घरमा भेटिए। बुझ्दै जाँदा उनीहरु क्वारेन्टिनबाट समुदायमा जानेआउने गरिरहेको पाइयो जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले भने, ‘समुदायमै संक्रमितको चहलपहलले संक्रमणको खतरा बढाएको छ। ‘पूरै गाउँलाई सिल गरेर कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ’ यादवले भने,‘शनिबार पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिँदै छ।’

यसैबीच बिहिबार यसै टोलका एकजना युवामा कोराना संक्रमण पुष्टि भएको छ। मिर्चैया बजारमा औषधि पसल संचालन गर्दै आएका उनी घर आएका बेला संक्रमितसँग सम्पर्क आएको अनुमान गरिएको छ। बुधबार गाउँका ८ जना युवामा संक्रमण पुष्टि भएपछि उनी आफै प्रादेशिक प्रयोगशाला जनकपुर पुगेर पिसिआर परीक्षणका लागि स्वाब संकलन गराएका थिए। परीक्षण रिपोर्ट पोजेटि आएका युवा बिहिबारसम्म औषधि पसल संचालन गर्दै आएका थिए। स्वास्थ्य प्रमुख यादवका अनुसार उनी गाउँमै संक्रमित भएकि अरु ठाउँमा त्यो खुल्न सकेको छैन।  

बिहिबारसम्म सिरहामा २ सय ५१ जना संक्रमित पहिचान भएका छन भने १ जनाको मृत्यु भएको छ। सप्तरी जिल्लामा हालसम्म ६ सय १३ जना संक्रमितको पहिचान भएको छ भने ३ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रकाशित: ३० श्रावण २०७७ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App