१६ चैत्र २०८० शुक्रबार
समाज

रौतहटमा तस्कर र प्रहरीबीच झडप, १५ राउण्ड गोली चल्यो

रौतहटको राजपुरमा तस्कर र प्रहरीबीच झडप भएको छ। भारतबाट अबैध रुपमा ल्याएको राँगा र भैसी नियन्त्रणमा लिन खोज्दा तस्करहरुले अवरोध गरेपछि दुवै पक्षबीच झडप हुँदा सोही क्रममा गोली चलेको हो।

भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिका को कुडिया बजारमा चोर बाटो बाट ल्याइएका ५८ थान राँगा भैसि एकै ठाँउमा जम्मा पारेर राजधानी तर्फ लैजान तयार पारेको सूचनाको आधारमा राँगा र भैसि नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयको टोली नियन्त्रणमा लिन गएको थियो।  

भारतबाट अवैध तरीमा भित्रिएको राँगा भैसी नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र स्थानीयबीच झडप भएको थियो। स्थानीय र भैसी व्यापारीले प्रहरीको काममा अवरोध खडा गर्दै ढुङ्गामुढा गरेपछि स्थीती नियन्त्रणमा लिन ८ अश्रु ग्यासको सेल र १५ राउण्ड गोली हवाई फायर गरेको रौतहटका प्रहरी उपरीक्षक एसपी रावीराज खडकाले बताए। झडपको फाइदा उठाउँदै तस्कर समूहले राँगा भैसी धपाउँदै अन्यत्र लगेको र प्रहरीले फेला पार्न नसकेको एसपी खड्काले बताए।

कारोना भाइरसको महामारी नियन्त्रणको लागी स्थानीय प्रशासनले जिल्ला पुर्णरुपमा लकडाउनको घोषण गरेर नेपाल भारत सीमा क्षेत्र पूर्णरुपमा बन्द गराएपनि रौतहटमा तस्कर समूहले भने विभिन्न बस्तुहरुको तस्करी निर्वाधरुपले गरि रहेका छन्।  

 

 

 

प्रकाशित: २९ श्रावण २०७७ १४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App