coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विराटनगरमा कोरोनासँग मिल्ने लक्षण भएका एक पुरुषको मृत्यु

विराटनगरमा बिहीबार कोरोनासँग लक्षण मिल्ने एक जना विरामीको मृत्यु भएको छ। विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा ती विरामीको मृत्यु भएको हो। विराटनगर १५ का ३० वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार ४ बजेर ३० मिनेटमा मृत्यु भएको हो।

ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो ११ बजे अस्पतालको आइसोलनमा भर्ना भएका विरामीको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता तथा आइसोलेसन इन्चार्ज डा. लक्ष्मीनारयण यादवले जानकारी दिए। 'स्वासप्रश्वासमा समस्या भएपछि हस्पिटलको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो,' उनले भने, 'उपचारको क्रमममा मृत्यु भएको छ।'

कोरानासँग मिल्ने लक्षण पनि मृतकमा देखिएपछि स्वाब संकलन गरि परीक्षण गर्न पठाएको अस्पतालले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७७ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App