७ वैशाख २०८१ शुक्रबार
समाज

बाँकेमा एक स्वास्थ्यकर्मीसहित २२ जना संक्रमित थपिए

निषेधाज्ञा खुकुलो बनाउने तयारी भइरहेको बेला बाँकेमा २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा बिहीबार नेपालगन्जका १५ र कोहलपुरका ७ जनामा संक्रमण पुष्टि भएको हो।  

बिहीबार पोजेटिभ रिपोर्ट आउनेमा एक जना स्वास्थ्यकर्मी पनि रहेका छन् । यसअघि नेपालगन्ज मेडिकल कलेजकी एक चिकित्सकमा संक्रमण देखिएको थियो। पोजेटिभ रिपोर्ट आएका अन्य ब्यक्तिहरु संक्रमित व्यक्तिको सम्पर्कमा रहेको, कोरोना व्यवस्थापनका लागि काम गर्ने कर्मचारी लगायतका रहेका छन्।

बिहीबार २२ जना थपिएसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९९ पुगेको छ। त्यसमा निको भएर घर फर्कनेको संख्या ४ सय ३५ जना छ। अहिले बाँकेमा २ सय १९ जनाले उपचार गराइरहेका छन्। कोरोनाका कारण बाँकेमा ३ जनाको मृत्यु भइसकेको छ।  

यसैगरी बिहीबार कोरोना भाइरस संक्रमित भएर आइसोलेसनमा बसेका आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर अधिकृतसहित ३० जना डिस्चार्ज भएका छन्।

प्रकाशित: २९ श्रावण २०७७ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App