coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीरगन्जमा थपिए ३५ नयाँ संक्रमित, एक मृतकमा पनि संक्रमण पुष्टि

वीरगंजमा पछिल्लो दुई दिनमा ९ महिलासहित ३५ जना नयाँ संक्रमित थपिएका छन् भने एक जना मृत फेला परेको पुरुषको स्वाब परीक्षण रिपोर्टमा पनि कोरोना पोजेटिभ देखिएको छ। संक्रमितमध्ये एक जना छिमेकी जिल्ला बाराको प्रसौनी गाउँपालिकामा पर्ने नकटुवाका हुन भने बाँकी ३४ जना पर्सा जिल्लाकै रहेका छन्।

संक्रमितहरुमा ५ वर्षीय बालकदेखि ६२ वर्षीय पुरुससम्म रहेको नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले बताए। नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालाको बुधबार रातिसम्म आएको पछिल्लो दुई पटकको रिपोर्ट अनुसार संक्रमितहरुमा पर्साका ३४ जनामध्ये ३२ जना वीरगन्ज महानगरपालिकाको वडा ६, ९, १०, ११ लगायतका ठाउँका बासिन्दा हुन्। बाँकी संक्रमितमा दुई जना छिपहरमाई गाउँपालिका–५ भिस्वाका रहेका छन्।  

त्यसतै गत मंगलबार वीरगन्जमा मृत अवस्थामा फेला परेका एक जना युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका–१६ नगवाको सामुदायिक प्रहरी कार्यालय नजिकै मंगलबार दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ। मृतक पुरुष बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही घर भएका ३८ वर्षीय ब्यक्ति रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा अनुसार मृत फेला परेका ब्यक्तिले अत्यधिक मदिरा सेवन गरेका थिए। प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार अहिले रहेको कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शव व्यवस्थापनअघि सावधानीका लागि युवकको मंगलबार नै स्वाब संकलन गरिएको थियो। संकलन गरिएको स्वाब परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। उकत परीक्षण रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताएका छन्।

प्रकाशित: २९ श्रावण २०७७ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App