४ माघ २०७७ आइतबार
समाज

बुटवलको कोरोना अस्पालमा मृत्यु भएका कपिलबस्तुका युवकको पिसिआर रिर्पोट नेगेटिभ

बुटवलको धागो काराखानामा संचालित कोरोना विशेष अस्तपालमा उपचारकै क्रममा मृत्यु भएका  कपिलबस्तुका २५ बर्षे युवकको पिसिआर रिर्पोट नेगेटिभ आएको छ। कृष्णनगर नगरपालिका १२ का २५ बर्षे प्रदीप तेलीको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको थियो।

तेलीको स्वाब परीक्षणका क्रममा कोरोना रिर्पोट नेगेटिभ आएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताए। डा थापाका अनुसार मृत्तक तेलीको मृगौलामा समेत समस्या देखिएको थियो।  २५ गते भारतको मुम्बैबाट फर्केका तेली २७ गते अस्पताल आएका थिए। ज्वरो रुघाखोकी र स्वासप्रस्वास जस्ता कोरोनासंग मिल्दा जुल्दा लक्षण देखिएकाले उनलाइ कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरीएको डा थापाले बताए।

 

प्रकाशित: २९ श्रावण २०७७ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App