७ वैशाख २०८१ शुक्रबार
समाज

सुन तस्करी र जाली नोट कारोबारी इल्ताफ हुसेन पक्राउ

सुन तस्करी र जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले उनलाई बाराबाट पक्राउ गरेको हो।

सुनको जलप लगाइएको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन प्रकरणमा उनको कनेक्सन देखिएको थियो। उक्त घटनामा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको हो। साउन १३ गते प्रहरीले कमलादीबाट सुनको जलप लगाइएको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन बरामद गरेको थियो। उक्त समय धातु भएको झोला फालेर स्कर्पियो भागेको बताइएको थियो। प्रहरीले गाडी यस अघिनै नियन्त्रणमा लिइसकेको छ। उनी बारा, प्रस्टोकाका हुन्।  

 

 

प्रकाशित: २९ श्रावण २०७७ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App