बुटवल उपमहानगरपालिकाले भदौं ५ गतेसम्मका लागि लकडाउन गरेको छ । नगरपालिकाको आज बसेको आकस्मिक बैठकले समुदायमा संक्रमणको जोखिम बढेको भन्दै बिहीबार राति १२ बजेदेखि भदौं ५ गतेसम्मका लागि नगर क्षेत्रभित्र पुर्ण लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनका क्रममा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरीने नगरापालिकाका उपप्रमुख गुमादेवि आर्चायले बताइन् ।
बुटवलमा मानिसको भिडभाड र चहलपहल बढ्दै जाँदा सावधानी भने घट्दै गएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको हो । लकडाउनमा सार्वजनिक तथा निजी सवारी साधन पनि चलाउन पाइने छैन । तरकारी दूध बोकेका गाडीहरु परिचय पत्र लिएर मात्रै संचालन गर्न पाइने छ ।
दूध डेरीहरु पनि बिहान ७ देखि ११ र साँझ ५ देखि ७ बजेसम्मका लागि खुल्ने समय तोकिएको छ । बुटवलमा समुदायस्तरमै कोरोना संक्रमण भेटिएको र थप सतर्कता नअपनाइए स्थिति जटिल हुन सक्ने भन्दै उपमेयर आर्चायले विशेष सावधानी अपनाउन र लकडाउनको पालना गर्न नगरबासीलाई आग्रह गरेकी छन् ।
प्रकाशित: २८ श्रावण २०७७ १९:३० बुधबार