१० आश्विन २०७७ शनिबार
समाज

रसुवामा सवारी पास वितरणमा थप कडाइ

मंगलबारदेखि जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले सवारी पास वितरणमा पनि कडाइ गरेको छ ।  

सवारी पासको लागि कार्यालयमा निवेदन आउने क्रम बढेपछि पास वितरणमा कडाइ गरिएको हो । विश्वप्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकाले पास वितरणमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।  

संक्रमणको जोखिम बढ्दै जाँदा पछिल्लो समय उपत्यका तथा अन्य जिल्लामाहरूमा प्रवेशका लागि सवारी पास लिन कार्यालयमा अत्यधिक भीडभाड भएकाले अबदेखि अत्यावश्क कामको लागि कागजात पेस गरेपछि मात्र सवारी पास उपलब्ध गराइने छ ।  

बिरामी, मृत्युसंस्कार र कर्मचारीको सरुवा लगायतका अत्यावश्यक कामका लागि बिरामी सन्दर्भमा चिकित्सकको रिफर कागज, कर्मचारीको सरुवाको हकमा रमाना कागज लगायतका आवश्यक कागजपत्र पेस गर्नुपर्ने छ । अन्यको हकमा सवारी पास माग गर्दा गन्तव्य स्थानको स्थानीय तहको सहमति, गन्तव्य स्थानको जिल्ला प्रशासन कार्यालयको स्वीकृति पश्चात मात्र कार्यालयमा निवेदन दिन सकिने प्रजिअ पन्तले बताए ।

प्रकाशित: २८ श्रावण २०७७ १९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App