coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साँखुमा तीन जनामा कोरोना संक्रमण

शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए ।

संक्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ  । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजिकै एक जना संक्रमित भएको पुष्टि भएको छ । बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित: २८ श्रावण २०७७ ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App