coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सातै प्रदेशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना

आज बुधबार दिउँसो तथा राति देशका सातै प्रदेशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिअनुसार दिउँसो धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश नं ५,  गण्डकी, र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानमा  साथै प्रदेश नं १,  २ र  कर्णाली प्रदेशका १-२ स्थानमा भारी (ठूलो) वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि  देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ‘बागमती प्रदेश, प्रदेश नं ५  र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानमा  साथै गण्डकी प्रदेश  र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ,’ बुलेटिनमा भनिाएको छ ।

वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै महाशाखाले २४ घण्टे (बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म) चेतावनी जारी गरेको छ। 

महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिन :

वर्षाको सम्भावना यस्तो छ

आज बुधबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्ने र सतर्कता तहभन्दा केही मात्र तल हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यस्तै आज कन्काई, बागमती, पूर्वीराप्ती,अरूणखोला, रिउखोला, तिनाउ, वाणगंगा, पश्चिमराप्ती, बबईका केही साना सहायक नदीमा आकस्मिक बहाब भई सतर्कता तह पुग्न सक्ने सम्भावना रहेको महाशाखाले  जनाएको छ । 

विस्तृत जानकारी तलकाे बुलेटिनमा :

प्रकाशित: २८ श्रावण २०७७ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App