१६ चैत्र २०८० शुक्रबार
समाज

बुटवलको कोरोना अस्पतालमा उपचारत २ जनाको मृत्यु, एक जनामा कोरोना पुष्टि

बुटवलको धागो काराखानामा संचालित कोरोना विशेष अस्तपालमा उपचारत कपिलबस्तुका दुई जनाको मृत्यु भएको छ। कपिलबस्तुको कृष्णनगर १२ का २५ वर्षे युवक र तौलीहवाका ४२ वर्षे एक पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा बिष्णु गौतमले जानकारी दिए।

मृत्यु भएका मध्ये एक जनाको पिसीआर रिर्पोट पोजेटिभ आइसेकेको छ। अर्का एक व्यक्तिको पिसिआर रिर्पोट आउन बाँकी छ। साउन २५ गते उपचारकालागि कारोना अस्पताल बुटवल ल्याइएका ४२ बर्षे पुरुषको पिसिआर रिर्पोट पोजेटिभ छ। उनलाइ सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएरातिदेखि स्वास्थ्यमा थप समस्या देखिएको र मृत्यु भएको डा गौतमले बताए।

अर्का २५ बर्षे युवकको भने स्वाब टेष्टकालागि पठाइएको र रिर्पोट आइनसकेको डा गौतमले बताए। डा गौतमका अनुसार ती युवकलाइ हिजो राती नै अस्पताल ल्याइएको थियो। अस्पताल आउदा नै उनको अवस्था गम्भिर थियो। कोरोनासग मिल्दो जुल्दो लक्षण देखिएकाले स्वाब झिकी टेष्टकालागि पठाइएको र  उनलाइ भेन्टिलेटरमा राखी उपचार सुरु गरीएको थियो।  उपचारकै क्रममा  उनको पनि राति नै मृत्यु भएको डा गौतमले बताए।

लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित बुटवलको धागो कारखानाको भवनमा रहेको कोरोना विशेष अस्पतालमा हाल  २२ जना उपचारत छन। ती मध्ये ६ जना गम्भिर अवस्थाका बिरामीको सघन कक्षमा उपचार भइरहेको अस्तपालका कारोना फोकल पर्सन डा सुदर्शन थापाले बताए। बाँकी १६ जना लक्षण सहितका बिरामीको जनरल वार्डमा उपचार भइहेको डा थापाले बताए।

 

प्रकाशित: २८ श्रावण २०७७ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App